Skip This
कर्णाली प्रदेशमा उन्युको रुख फेला 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:३९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णाली प्रदेशमा उन्युको रुख फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

जैविक विविधता र सम्पदाले भरिपूर्ण कर्णालीमा दुर्लभ वनस्पति रुख उन्यु फेला परेको छ । कर्णाली प्रदेशको सल्यानमा साइथिया स्पाइनुलोसा नामक रुख उन्यु फेला परेको हो । सल्यानको दार्मा गाउँपालिका– ३ स्थित रानीवन सामुदायिक वन र कपुरकोट गाउँपालिका– ४ मा रहेको कालिका सामुदायिक वनमा रुख उन्यु भेटिएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

स्थानीय नेत्रलाल घर्तीले वनस्पतिको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि वातावरणविद् जीवन शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल र प्राकृतिक स्रोत व्यवस्थापन अध्ययनरत टोपेन्द्र गिरीको टोलीले ७ वैशाखमा दार्मामा स्थलगत अवलोकन गरेका थियो ।

टोलीद्वारा संकलित नमुना, फोटोग्राफ र प्रत्यक्ष अध्ययनका आधारमा उक्त वनस्पति साइथिया स्पाइनुलोसा भएको पुष्टि गरिएको थियो । नेपालमा यो प्रजाति प्रायः पूर्वी र मध्यक्षेत्रका चिस्यानयुक्त वनक्षेत्रमा पाइँदै आएको छ ।

तर, पश्चिम नेपाल तथा विशेष रूपमा कर्णाली प्रदेशमा यो पहिलोपटक अभिलेख गरिएको हो । यसले पश्चिम नेपालमा यस प्रजातिको सम्भावित वितरण क्षेत्रको संकेत गरेको विज्ञहरूको भनाइ छ ।