Skip This
साफ यू–१९ च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको पाँच गोल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format o६:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१९ च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको पाँच गोल

समूहमा नेपाल र भारतले पहिलो जित निकाल्दै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५७:oo

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको छ । भारतको अरुणाचलस्थित गोल्डेन जुब्ली मैदानमा नेपाललाई जित दिलाउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्षु थापाले गोल गरेका थिए ।

पहिलो खेलमै जित निकालेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भारत पनि नेपालको जितले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाउन सफल भयो । यसअघि भारतले श्रीलंकालाई ८–० ले हराएको थियो । अब, नेपाल र भारतबिच मंगलबार समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । दुवै खेलमा पराजित श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘बी’मा नेपाल र भारतको समान तीन अंक छ । श्रीलंका भने अंकविहीन रह्यो । 

पहिलो खेलमै जित निकालेपछि प्रशिक्षक उर्जन श्रेष्ठलाई हौसला प्राप्त भएको छ । नेपाल पछिल्लोपटक घरेलु मैदानमा भएको प्रतियोगितामा फाइनलमा पराजित भएको थियो । भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको नेपाल फाइनलमा भने बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । 

मध्यान्तरअघि मात्र एक गोल
श्रीलंकाविरुद्धको पहिलो हाफमा भने नेपालले गोलका लागि संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा मात्र एक गोल भयो । दोस्रो हाफमा भने नेपालले एकपक्षीय प्रदर्शन गर्दै थप चार गोल गरेका हो । पहिलो हाफको इन्जुरी समयमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । कप्तान राम थापाको क्रसलाई बक्सभित्र सुजनले उत्कृष्ट गोल गरेका थिए । ६२औँ मिनेटमा धर्वेन्द्रले नेपालको अग्रता २–० को बनाए । स्ट्राइकर सुवास बम ठकुरीको प्रहारलाई श्रीलंकाका रक्षक ओमिथ इदिरिसिंघेले क्लियर गर्न खोज्दा धर्वेन्द्रलाई लाग्दै गोल भएको थियो । 

राष्ट्रिय टिममा स्थान बनाइसकेका सुवासले ७६औँ मिनेटमा टोलीका लागि ३–० को अग्रता बनाए । ८९औँ मिनेटमा विज्ञानले नेपालका लागि चौथो गोल गरेका हुन् । विज्ञानले सुजनको क्रसलाई बक्सभित्र नियन्त्रणमा लिँदै जाली चुमाएका थिए । खेलमा थपिएको तीन मिनेटको इन्जुरी समयमा लक्षुले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई ५–० को फराकिलो जित दिलाएका हुन् । 

बंगलादेशको विजयी सुरुवात
एकै दिन भएको अर्काे खेलमा बंगलादेशले भुटानलाई ३–० ले हराएको छ । बंगलादेशको जितमा मुर्सद, सोरन र फयसलले समान एक गोल गरेका हुन् । पहिलो जितपछि बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनायो । पहिलो खेलमा बंगलादेश माल्दिभ्सविरुद्ध २–२ को बराबरीमा रोकिएको थियो । दुई खेलबाट बंगलादेशको चार अंक छ । एक खेलबाट माल्दिभ्सको एक अंक छ । भुटान भने अंकविहीन छ । अब, अन्तिम खेलमा माल्दिभ्सलाई बराबरीले पुग्नेछ भने भुटानलाई जित्नैपर्ने दबाब छ ।