१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १५:१३:oo

प्रधानमन्त्री केपी ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कमजोरीका कारण यस्तो नतिजा आएको बताए ।

यसैबिच, प्रधानमन्त्री ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना गरिने बताएका छन् । देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन् । उनले नयाँ विधिबाट फोहाेरमैला व्यवस्थापनको कुरा सोचिरहेको बताए ।