१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार

योग्यता, निष्पक्षता र पारदर्शिताको आधारमा गभर्नर नियुक्त होस् : सांसद भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले योग्यता, निष्पक्षता र पारदर्शिताको आधारमा राष्ट्र बैंकको गभर्नर तुरुन्त नियुक्त गर्न सरकारसँग माग गरेकी छिन् ।  बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले राष्ट्र बैंक देशकै वित्तीय मेरुदण्ड भएकाले सरकार मौन र निर्णयविहीन बन्न नहुने बताइन् । एक दिन पनि खाली हुन नहुने गभर्नर पद एक महिना रिक्त हुँदा पनि नियुक्त हुन नसक्दा देशको अर्थतन्त्र संदेशनशील अवस्थामा पुगेको गम्भीर संकेत भएको उल्लेख गरिन्।

उनले भनिन्, ‘देशको अर्थतन्त्र संवेदनशील अवस्थामा छ । बैंकहरूमा खराब कर्जाको अनुपात निर्देशकीय सीमाभन्दा माथि पुगेको छ । अन्तर्राष्ट्रिय  नजरमा वित्तीय प्रणाली शंकाको घेरामा छ। बजेट आउन लागिरहेको छ। मौद्रिक नीति बनाउने वेला आएको छ । विश्व बैंक, एडिबीलगायतका विकास साझेदारहरूले नियामक स्थायित्व खोजिरहेका छन्। राष्ट्र बैंक नेतृत्वविहीन हुँदा पनि सरकार चुप लागेर बसेको छ।’

 देशमा आर्थिक समस्या चाङका चाङ  भएको भन्दै उनले समस्या घट्नुको सट्टा चुलिँदै गएको बताइन्।  उनले आर्थिक सुशासनको धज्जी उडेको उल्लेख गरिन्। सरकार देशको समस्यालाई सुल्झाउन छोडेर राष्ट्र बैंकजस्तो महत्त्वपूर्ण र संवेदनशील संस्थालाई राजनीतिक सौदाबाजीको थलो बनाइरहेको उल्लेख गरिन्।

 गभर्नर कसकाे भागमा छ, पर्छ भनेर रस्साकस्सीमा सरकार लागेको आरोप लगाइन्। राजनीतिक सौदाबाजीकै कारण राष्ट्र बैंक गभर्नर र दिशाविहीन भइरहेको बताइन्। गठबन्धनको भागबन्डाले मुलुकको अर्थतन्त्र जोखिममा पारेको उनको भनाइ छ। गभर्नरको जिम्मेवारी मौद्रिक नीति बनाउने मात्र नभएर देशको वित्तीय अनुशासन र स्थायित्व कायम राख्नु, नागरिकको आर्थिक सुरक्षाको प्रत्याभूति दिनु भएकाले यस्तो पद एक दिन पनि खाली हुन नहुने बताइन्। उनले योग्यता, निष्पक्षता र पारदर्शिकताको आधारमा गभर्नर नियुक्त गर्न सरकारलाई दबाब दिएकी छिन्।