१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १८:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचना अधिकारीहरूलाई सूचनाको हकबारे अभिमुखीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १८:o७:oo

भक्तपुर जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरूलाई सूचनाको हकबारे अभिमुखीकरण गरिएको छ। जिल्ला हुलाक कार्यालयको आयोजनामा मंगलबार ‘सूचनाको हक संरक्षणमा सूचना अधिकारीको भूमिका’ विषयक अभिमुखीकरण गरिएको हो।

कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेको सूचना दिनु सूचना अधिकारीको काम र कर्तव्य भएको भन्दै त्यसमा आलटाल गर्नु नहुने स्पष्ट पारे। सूचना अधिकारीले कानुनबमोजिम मागिएका सूचना उपलब्ध नगराए जरिवाना र विभागीय कारबाहीसमेत हुने भएकाले सूचना दिनुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय सूचना आयोगले कार्यालय प्रमुख र सूचना अधिकारी मात्र चिन्ने भएकाले सूचना नदिएमा दोष यी दुई व्यक्तिमै जाने उनले उल्लेख गरे। कार्यालयको सूचनामा पहुँच नभए सूचना अधिकारीको जिम्मेवारी नलिन पनि उनले सुझाव दिए।

कतिपय स्थानीय तहमा जनप्रतिनिधि नै सूचना रोक्न लागिपरेका पूर्वसूचना आयुक्त मैनालीले अनुभव सुनाए। जनताको अधिकार प्रवर्द्धन गर्नुपर्ने जनप्रतिनिधिले सूचनाको हक प्रयोग गरी मागिएका सूचना दिन्नँ भन्नु गम्भीर विषय भएको उनको भनाइ छ। यसले लोकतन्त्रमा खतरा रहेकाले आफ्ना कर्मचारीलाई त्यस्तो दबाब दिने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन कानुन संशोधन गर्नुपर्ने उनले आवश्यकता औँल्याएका छन्।

कार्यक्रम आयोजक जिल्ला हुलाक कार्यालय भक्तपुरकी कार्यालय प्रमुख सीता साम्बाले सूचनाको हक कार्यान्वयनमा जोड दिइन्। राष्ट्रिय सूचना आयोगले जिल्लास्थित कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अनुगमन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी जिल्ला हुलाक कार्यालयलाई दिएको र सो जिम्मेवारी निर्वाह गरिरहेको उनले बताइन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  गोपालप्रसाद अर्यालले सूचनाको हकसम्बन्धी ऐन पुनरावलोकन गर्नुपर्ने तर्क गरे। समय र स्राेतको दुरुपयोग गराउने र दुःख दिने मनसायले सूचना माग्ने प्रवृत्तिलाई भने निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो।

उनले सबै कार्यालयले फोटोसहित सूचना अधिकारीको जानकारी सार्वजनिक गर्न र सेवाग्राहीलाई आवश्यक सूचना समयमै उपलब्ध गराउन निर्देशनसमेत दिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारी,  जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूका साथै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष सञ्जीव घिमिरे, भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर सिल्पकारलगायतको उपस्थिति थियो।