१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड अफिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र नयाँ कार्यालय स्थापना गरेको छ। सोमबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रारास्थित दुहुमा कोषको कार्यालयको उद्घाटन गरेका हुन्।

कोषका सदस्यसचिव डा. नरेश सुवेदीका अनुसार उक्त कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधतासम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धानका कार्यहरू गर्नेछ।

कोषका अध्यक्षसमेत रहेका वनमन्त्री शाहीले रारामा स्थापना गरिएको कार्यालयबाट जैविक विविधता तथा जलवायु परिवर्तनलगायतका क्षेत्रमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशमा कोषको यो पहिलो कार्यालय हो। नयाँ कार्यालयले कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य र पर्यापर्यटन प्रवर्द्धनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

एनटिएनसीअन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमले हाल उक्त फिल्ड अफिसको प्रारम्भिक गतिविधिहरूको संयोजन गरिरहेको छ। एनटिएनसीका अनुसार यो पहल नेपालको एक दुर्गम, तर जैविक दृष्टिले समृद्ध भूभागमा संरक्षण तथा दिगो विकासलाई नयाँ उचाइमा लैजाने रणनीतिक कदम रहेको जनाएको छ।

योसँगै कोषले मधेश प्रदेशबाहेक नेपालका सबै प्रदेशहरूमा कार्यालय विस्तार गरेको छ। कोषले तराई क्षेत्रलाई लक्षित गरेर कोसी, चितवन, बर्दिया र शुक्लाफाँटामा कार्यालय सञ्चालन गरेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले  बताए। हाल कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको अधिकृत पोखरेलको भनाइ छ। यस्तै, कोषले जावलाखेलमा रहेको सदर चिडियाखानाको पनि व्यवस्थापन गर्दै आएको छ।