१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार २२:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग

भूपेन्द्र बुढाथोकीले ल्याए ‘परदेशी हुनै मन छैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार २२:२३:oo

भूपेन्द्र बुढाथोकीले ‘परदेशी हुनै मन छैन’ नामक लोकगीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। प्रहरी निरीक्षक समेत रहेका बुढाथोकीको शब्द रहेको यो लोकगीतमा खेम सेन्चुरी र शान्ति श्री परियारको स्वर छ ।

म्युजिक भिडियोमा ललन चिमरिया र डोना थापामगरले अभिनय गरेका छन्। संगीत ऋषि खड्काको छ। कथा र निर्देशन मौसम हिमालीको हो ।

राष्ट्रसेवकको भूमिकामा रहेर गीत–संगीतलाई अगाडी बढाइरहेका बुथाढोकीले गीत, कविता र गजल लगायतका विधामा कलम चलाउने गर्छन्।  बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वरमा दुई महिनाअघि मात्र ‘किस्मत’ बजारमा आएको थियो । ‘हामी नेपाल प्रहरी’ ‘अब खुसी,’ ‘डाँडापारि मेरो माया, ‘परदेशीको दशैं’ ‘मुटु टुट्दा’ र अहिले ‘धोकामाथि धोका’ बुढाथोकीका चर्चित आधुनिक गीति संग्रह हुन् ।