१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकर र व्यवसायी छुट्याउनुपर्नेमा सांसदहरूको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४८:oo

स्वार्थ बाझिएको भन्दै व्यवसायी र बैंकर छुट्याउन सांसदहरूले जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन आवश्यक रहेको बताए ।

उनले भने, ‘स्वार्थ बाझिने विषय राखिनुहुँदैन । बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यावहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ ।’ 

छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताए ।

पूर्वबैंकर पर्शुराम कुँवरले बैंक तथा वित्तीय संस्थामा लगानी गरेकै आधारमा ऋण नै नदिनेजस्तो नीतिगत व्यवस्था गरिए त्यसले ठुलो असर पार्न सक्ने जोखिम रहेको बताए । बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेबित्तिकै व्यवसायीलाई ऋणबाट वञ्चित गराउन नहुने उनको भनाइ छ ।