१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३५:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्डको मैदानमा दुई खेल हुने जनाएको छ । एन्फाअनुसार एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल हुन लागेको हो ।

एन्फाले एक खेल अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल हुने जनाएको छ । पहिलो खेल ३० मे र दोस्रो २ जुनमा हुनेछ । बैंककमा हुने दोस्रो खेलले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीको प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । टोलीले ४ मेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । एसिया छनोटको समूह ‘एफ’मा रहेको नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रारम्भिक प्रशिक्षणमा बोलाइएका खेलाडीमा गोलरक्षकमा अञ्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, कोपिला खड्का, लीला जोशी, सावित्री किसन र उषा नाथ छन् । डिफेन्डरमा अमृता जैसी, विमला विक, गीता राना, मनमाया दमाईं, निशा थोकर, पूजा राना, प्रतीक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सेमिहाङ्मा लिम्बू, यशोधा शाही छन् । 

मिडफिल्डरमा अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, कुशुम खतिवडा, प्रीति राई, रेनुका नगरकोटे, सबिता रानामगर, सहारा लिम्बू, सम्झना लावती, सरस्वती हमाल, सरू लिम्बू, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, सुष्मा तामाङ र तुलसा बोहरा छन् । स्ट्राइकरमा अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर राना, ममता पुन, मीना देउवा, पुर्निमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी र समीक्षा मगर छन् ।