मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
तस्बिर : एएफपी/गेटी इमेजेज
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले मस्कोलाई ‘आतंकवादी हमला’ हुन सक्ने पूर्वसूचना दिएको थियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

मार्चको सुरुमा रुसस्थित अमेरिकी दूतावासले अतिवादी समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसहित ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो।

इस्लामिक समूहद्वारा रुसको मस्को र अन्य ठूला सहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका थिए। त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्यविनाका घटनाहरू पनि भएका छन्।

एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रुसी अधिकारीहरूलाई मस्कोमा ठूला सभाहरूलाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुन सक्ने सूचना दिएको थियो।’

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिंटनले यो जानकारी रुसी अधिकारीसँग साझा गरेको बताए। सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने सबै आक्रमणकारी बन्दुकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो। रासस