मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मस्कोमा आतंककारी हमला, कम्तीमा ६० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका वेला भएको आतंकवादी हमलामा कम्तीमा ६० जनाको मृत्यु भएको छ। एक सय ५० भन्दा बढी घाइते छन्, तीमध्ये ६० जनाको अवस्था गम्भीर रहेको समाचार संस्था एपीले जनाएको छ। 

मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोसर्कस्थित क्रोकस सिटी हलमा नकाब लगाएर प्रवेश गरेका चार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। रुसको अनुसन्धान समिति (आइसिआर) का अनुसार कन्सर्टमा ६ हजारभन्दा बढी दर्शक थिए। 

गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्रसमेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जनाभन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलाबारीपछि उक्त भवनमा आगलागीसमेत भएको थियो। 

आइसिआरका अनुसार आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेका छन्।

मृतकको शवको जाँच भइरहेको छ भने अपराधस्थलबाट हतियार र गोलाबारुदसहितका सामग्रीका प्रमाणस्वरूप जफत गरिएको छ। (एपी)