१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘ऊनको स्वीटर’को शीर्ष गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्वीटर’को शीर्ष गीत सार्वजनिक भएको छ। यसअघि चलचित्र घोषणा गर्दा सार्वजनिक गरिएको गीतको सानो अंश धेरैले मन पराएका थिए। सार्वजनिक गीतको पूरा अंशसहितको भिडियोमा चलचित्रका  प्रमुख कलाकारलाई देखाइएको छ।

भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुजन चापागाईंको स्वर र संगीत रहेको छ।

‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। केही दिनअघि चलचित्रको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो। 

चलचित्रमा विपिन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी, माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, नरेश लावतीलगायतका कलाकारको भूमिका छ।

चलचित्रको कथा निर्देशक चौहानले नै लेखेका छन्। चलचित्रमा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत निर्देशन गरेका छन्।