१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १३ शुक्रबार
  • Monday, 19 May, 2025
२o८o पौष १३ शुक्रबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीयता कार्यान्वयन भए धेरैको कमाउ धन्दा बन्द हुन्छ : मुख्यमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १३ शुक्रबार १३:५८:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयन भए संघीय सरकारमा रहेकाहरूको कमाउ धन्दा बन्द हुने आरोप लगाएका छन्।

हेटौँडामा शुक्रबार भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री बैठक’का क्रममा उनले  पत्रकारहरूसँग कुरा गर्दै संघीयता कार्यान्वयन भए संघमा रहेकाहरूको रोजीरोटी खोसिने दाबी गरे।

मुख्यमन्त्री यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताए। उनले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरंकुश विचार कायमै रहेको आरोप लगाए।

मुख्यमन्त्री यादवले हेटौँडाको भेलापछि संघीयताले सरकारको निरंकुश सामन्ती शासन व्यवस्थाको अन्त्य गर्ने दाबी गरे। उनले संविधान कार्यान्वयनको आठ वर्षको अवधिसम्म अधिकार प्राप्तिका विषयमा प्रदेश र स्थानीय तहहरू छलफलमा नै बस्नुपर्ने बाध्यता संघीय सरकारको कमजोरीका कारण भएको औँल्याए।

संघीयता कार्यान्वयनका सवालमा मधेश प्रदेशले पटकपटक दबाब दिएको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयन नभएसम्म मधेश चुप लागेर नबस्ने बताए।