Skip This
दाइभाउजू प्रवृत्तिले पार्टीलाई उँभो लाग्न दिएन : नेता केसी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाइभाउजू प्रवृत्तिले पार्टीलाई उँभो लाग्न दिएन : नेता केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइभाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको टिप्पणी गरेका छन्।

मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको बताए।

‘पार्टीका दाइभाउजूले भनिसके अब मान्नुपर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन्। यिनीहरूबाट पार्टी उँभो लाग्दैन,’ केसीले भने। पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको उल्लेख गर्दै उनले पार्टीभित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको दाबी गरे।

नेता केसीले पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए। ‘हामीले बुझ्नुपर्छ– जनप्रियतावादबाटै हिटलर जन्मेका हुन्। तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ। बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ। त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ,’ उनले भने।