मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २० सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २० सोमबार १८:१४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अस्मिता अधिकारीको ‘सेल्फी मोबाइल’मा रोशन र प्रिज्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १८:१४:oo

गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

गीतकार ज्ञानेश्वर तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ। भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधीर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी–बहिनी प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुसीसाथ प्रेम र रोमान्समा डुब्दै मोबाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मक शैलीमा देखाएका छन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ।

अम्बिका अधिकारीको निर्माण रहेको ‘सेल्फी मोबाइल’ ओएसआर डिजिटलबाट बजारमा आएको हो।