मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format १५:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राष्ट्रिय गौरव’ नाम, पाँचौँपटक म्याद थप्दा पनि सकिएन काम !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी गाउँपालिका– ९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो। 

सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ। 

आयोजना निर्माणमा देखिँदै आएको समस्याका कारण समयमै काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको काम प्रभावित भएको छ। हालसम्म आयोजना पाँचौँ पटक म्याद थप भएको छ। 

पछिल्लोपटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। तर, पछिल्लो थप गरिएको समयमा पनि विद्युतगृह निर्माण सम्पन्न नहुने सम्भावना बढेको छ। 

आयोजनाका प्रमुख केदार श्रेष्ठले ०७८ वैशाखमा नयाँ वर्षको अवसर पारेर विद्युतगृहमा पानी खसाउने योजना बनाएका थिए । त्यो योजना सफल नभएपछि आयोजनाको काम एक वर्ष लम्बियो।

पछिल्लोपटक असोज महिनामा आएको बाढीले विद्युतगृह निर्माणको काममा क्षति पुर्‍याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए।  उनले जडान भइसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाइ बताए। 

तुन्दी कन्स्ट्रक्सनले जिम्मा पाएको विद्युतगृह निर्माणको काममा वेलावेलामा विभिन्न अवरोध खेप्नुपरेको कम्पनीका इन्जिनियर उदय पोख्रेल बताए। उनका अनुसार सुरुका दुई वर्ष वन विभागले रूख काट्न आदेश नदिएका कारण निर्माणको काम रोकिएको थियो। 

बाढीले जडान भएका सामानमा क्षति पुर्‍याउँदा त्यसलाई पुनः खोलेर जडान गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको उनले बताए। उहाँले इन्जिनियर पोख्रेलले आयोजनाको म्याद चैतसम्म मात्रै भए पनि सबै काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्न अझै असारसम्म लाग्ने बताए। 

विद्युतगृह नेपाल सरकारको करिब रु. ९० करोडको लागतमा निर्माण हुन लागेको हो। करिब रु. ८० करोड लागतमा निर्माण हुने भनिए पनि आयोजनाको पछि  डिजाइन परिवर्तन भएपछि रु. १० करोड लगानी थप भएको हो। यसबाट ४ दशमलव ७१ मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ।

यहाँ उत्पादित विद्युत् आयोजना क्षेत्रभित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ। आयोजनाले विद्युतबाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मतसम्भारलगायतका काममा खर्च गर्न सकिने जनाएको छ।