१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २० आइतबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘डिजी पे’ले ल्यायो ‘नौलो फ्रान्चाइज योजना’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १६:३७:oo

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था ‘डिजी पे’ले आफ्नो सेवा तथा सुविधाहरू  प्रभावकारी बनाउन ‘डिजी पे फ्रान्चाइज’मार्फत ‘स्थानीय बिजनेस पार्टनरसिप’ योजना ल्याएको छ । 

सन् २०१७ मा स्थापित डिजी पे वास्तवमा एक व्यापारिक एप हो ।  डिजी पे एपबाट ‘युटिलिटी पेमेन्ट’बाहेक ई–कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङलगायतका कारोबार गर्न सकिन्छ । हालसम्म एक लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा तीन सयभन्दा बढी व्यवसायी आबद्ध भइसकेको डिजी पेले जनाएको छ । डिजी पे फ्रान्चाइज योजनाबाट मुलुकभरि रोजगारीको  अवसरसमेत सिर्जना हुने अपेक्षा राखिएको पनि डिजी पेले जनाएको छ । 

डिजी पेले पूर्वमिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।