मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार २o:२५:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापतिको सम्बोधन आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार २o:२५:oo

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो अवस्थाको बारेमा नागरिकलाई सम्बोधन गर्ने भएका छन्। सैनिक मुख्यालयका अनुसार आन्दोलनरत पक्षलाई उनले बिशेष अपिल गर्न लागेका छन्। 

पछिल्लो समय देशको अवस्था सुरक्षानिकायको काबुबाहिर छ । संसद भवन, सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म आगजनी भएको छ। प्रधानमन्त्रीले राजीनामा दिएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि परामर्श गरिरहेको छ।