मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार २o:५५:oo
Read Time : < 1 मिनेट
समाचार

जाजरकोट कारागारमा रहेका कैदीबन्दीबाट तोडफोड र आगजनी प्रयास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार २o:५५:oo

जिल्ला कारागार जाजरकोटमा रहेका कैदीबन्दीहरूले तोडफोड र आगजनीको प्रयास गरेका छन् । मंगलबार साँझदेखि कारागारमा रहेका कैदीबन्दीहरूले तोडफोडलगायतका घटना सुरुवात गरेको जिल्ला कारागार जाजरकोटका कार्यालय प्रमुख चन्द्रबहादुर गिरीले बताए । देशका विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू कारागार तोडफोड गरी हिँडेपछि आफूहरू पनि जान पाउनुपर्ने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । कारागारमा रहेका कैदीबन्दीहरूले आफ्नो सम्पूर्ण सामान तयारी अवस्थामा राखेर आन्दोलन गरिरहेका छन्। 

३५ जना क्षमता रहेको जिल्ला कारागार जाजरकोटमा यतिबेला ६७ जना कैदीबन्दीहरू रहेका छन्। क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको कारागार यतिबेला अशान्त भएको छ। कारागारभित्रै थुनामा रहेका कैदीहरू खुल्ला आकाशमा आगो बालेर प्रदर्शन गरिरहेका छन् । कारागारभित्र प्रदर्शन जारी रहेको बेला नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षामा कडाइ गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र बहादुर शाहीले बताए ।

विभिन्न सञ्चार माध्यमहरूबाट देशका विभिन्न ठाउँका कारागारहरू तोडफोड गरी कैदीबन्दीहरू भागेको खबर सुन्नासाथ जाजरकोटमा आफूहरू पनि जान पाउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गरिरहेको उनको भनाइ छ। कारागार कार्यालयले हालसम्म जिल्ला कारागार जाजरकोटमा सञ्चारकर्मीहरूलाई जान रोक लगाएको छ। देशका विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू धमाधम भागिरहेका छन्।