
इजरायलले कतारको राजधानी दोहामा हमला गरेको छ। त्यहाँ रहेका हमास नेतालाई लक्षित गरी हमला गरेको कतारी सञ्चारमाध्यम अरजजीराले जनाएको छ ।
दोहाका विभिन्न स्थानमा बिष्फोटका आवाज सुनिएका छन्।
इजरायल डिफेन्स फोर्सले बक्तव्य जारी गरी हमासका ती नेताले आतंकवादी गतिविधि गरिरहेकाले यो हमला गरिएको जनाएको छ।