
पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूका छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेन–जीहरूले सोमबारदेखि देशभर प्रदर्शन गरेका छन् ।
प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।