
जेन–जीको प्रदर्शनमा बल प्रयोग गरेर सरकारले हिंसात्मक बनाएपछि इन्टरनेट सेवाप्रदायक (आइएसपी)ले अघोषित रूपमा सामाजिक सञ्जाल खुलाएका छन्।
देशभर जेन–जी आन्दोलन चर्किँदै गएपछि आइएसपीहरूले अघोषित रूपमा बन्द गरिएका सामाजिक सञ्जालमा पहुँच खुला गरेका हुन्।
नाम नबताउने सर्तमा एक सेवाप्रदायक संस्थाका पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले आफ्नै हिसाबले सामाजिक सञ्जाललाई सक्रिय बनायौँ। केही कुरा जनता भएर पनि सोच्नुपर्ने अवस्था आयो। किनभने सर्वप्रथम हामी नेपाली हो।’