
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा भ्रष्टाचारविरुद्ध आन्दोलन उग्र बनेको छ । युवाहरूले दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन् ।
आन्दोलनकारीहरू उग्र बनेपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेपछि स्थानीयले नगरपालिकामा रहेका एक दर्जन गाडी र मोटरसाइकल जलाएका छन् । पछिल्लो समय नगरपालिका प्रदर्शनकारीको कब्जामा छ ।
सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रण लिने प्रयास भइरहेको छ।
भ्रष्टाचारविरुद्ध सोमबार देशैभरि जेन–जी पुस्ताले आन्दोलन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्काे नाराबाजी गरेका छन्।