मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाइहरूलाई पैसा पठाउँदै प्रकाश सपूतले भने– भोलि आन्दोलनमा जानू, साथीहरूलाई पानी किनेर बाँड्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

गायक प्रकाश सपूतले भोलि सोमबार जेन–जीले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। सरकारले ‘प्रतिबन्ध’ लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत सपूतले आफ्ना २५ र २६ वर्षीय भाइहरूलाई प्रदर्शनमा सहभागी हुन भनेका हुन्।

दुवै भाइको खातामा २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘पैसाले पानी किनेर बाँड्नु र भन्नु साथीहरूलाई–हाइड्रेड रहनु, संयमित रहनु, एकैपटकमा नथाक्नु। किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगेपछि जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरूले एकैपटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन्।’

आफ्नो पुस्ताले थुप्रै आन्दोलन गरेको बताउँदै सपूतले व्यवस्था फेरेर नेतृत्वमा पठाएकाहरूले योगदानभन्दा बढी फाइदा लिइसकेको उल्लेख गरेका छन्। आज तिनै व्यक्ति जनताको आवाज दबाउने भएका भन्दै उनले लेखेका छन्, ‘यसपालि उनीहरूलाई जेन–जीको सांकेतिक प्रदर्शनले गहिरो महसुस होस् कि समय धेरैअगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ।’