
ललितपुर क्विन्सले लगातार तेस्रो जित हात पार्दा घरेलु टोली पोखरा निन्जाजले पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत तीन खेल खेलेको ललितपुरले तीनै खेलमा जित हात पार्दा पोखराले खेलेको तीनै खेलमा पराजित व्यहोरेको हो ।
आइतबारको पहिलो खेलमो मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गर्दै काठमाडौँ स्पाइक्सले पहिलो जित हात पारेको छ । दुई खेल खेलेको काठमाडाैँ यसअघिको खेलमा भने पराजित भएको थियो ।
खेलको पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँ दोस्रो सेटमा भने २३–२५ ले पराजित भएको थियो । एक एक सेटको बराबरी भएको खेलमा त्यसपछिको दुई सेट आफ्नो पक्षमा पार्दै काठमाडाैँले जित हात पारेको थियो । काठमाडौँले खेलको तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । जारी लिगमा योसँगै तीन खेल खेलेको मधेशले एकमा जित र दुईमा हार सामना गरेको छ ।
दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरालाई ३–२ को सेटले पराजित गर्याे । खेलको पहिलो सेटमा पोखरा २५–१३ ले पछि परेको थियो । त्यसपछिका दुई सेट २३–२५ र १०–२५ ले पोखराले आफ्नो पक्षमा पारेको थियो ।
एक सेटले अग्रता लिएको पोखराले अग्रता जोगाउन नसक्दा त्यसपछिका दुई सेटमा पराजित हुँदै जारी लिगमा तेस्रो हारको सामना गर्न पुग्यो । खेलको चौथो सेट २६–२८ र पाँचाैँ सेट १०–१५ ले आफ्नो पक्षमा पार्दै लुम्बिनीले लिगमा अपराजित यात्रा जारी राख्दै लगातार तेस्रो जित हात पारेको हो ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिगअन्तर्गत सोमबार पहिलो खेल कर्णाली र काठमाडाैंबिच हुनेछ भने दोस्रो खेलमा ललितपुर र लुम्बिनी आमने सामने हुनेछन् ।