मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
२o८२ भदौ २२ आइतबार o७:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 युएस ओपनको फाइनलमा सिनर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o७:१६:oo

जानिक सिनर वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा पुगेका छन् । सिनरले प्रतियोगिताको सेमिफाइनलमा फेलिक्स अगुरलाई ६–१, ३–६, ६–३ र ६–४ को सेटमा स्तब्ध पार्दै अन्तिम दुई स्थान पक्का गरेका हुन् ।

अव उनले उपाधिका लागि स्पेनिस खेलाडी कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्ने छन् । सिनर र फेलिक्सबिचको खेल तीन घण्टा २१ मिनेटसम्म चलेको थियो । सिनरले फाइनलमा कार्लोसविरुद्धको रोमाञ्चक भिडन्त हुने बताए ।

‘यो सिजनमा हामी दुईबिच कडा प्रतिस्पर्धा भइरहेको छ । आशा गरौँ युएस ओपनको फाइनलमा पनि यस्तै हुनेछ,’ उनले भने, ‘खेलाडीको नजरमा ग्रान्डस्लाम फाइनलमा महत्वपूर्ण पाटो हो । अझ उपाधि जित्दा थप आनन्द आउनेछ ।’ पुरुषतर्फको फाइनल आइतबार हुनेछ ।