मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी राजमार्गमा ठुलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुङ खण्डमा गएको ठुलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठुलो पहिरो खसेको छ ।

‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले बताए।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठुलो भएकाले सडक कहिले खुल्ने भन्ने टुंगाे लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।