मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिपुलेकबारे भारत–चीनबिच सम्झौतापछि माओवादीले माग्यो सरकारको धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबिच भएको भनिएको सम्झौता र त्यसप्रति नेपाल सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबिच भएको उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे।