मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ५ बिहीबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशको अर्थतन्त्र टाउकोले टेकेर हिँड्दै छ : विद्या भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १८:४३:oo

एमाले सांगठनिक कार्यमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अर्थतन्त्र खराब अवस्थामा रहेको बताएकी  छिन्। मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले अर्थतन्त्र टाउकोले टेकेर हिँडिरहेको टिप्पणी गरेकी हुन्।

‘खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकिराखेको छ। आयातमा आधारित भन्सारमा चलिरहेको छ, त्यसले व्यापार घाटा भइरहेको छ। वैदेशिक ऋण बढीरहेको छ। दलाल पुँजी फस्टाइरहेको छ, राष्ट्रिय पुँजी फस्टाउन सकेको छैन । यो दिगो विकासको लागि अत्यन्त्यै दुखदायी परिस्थिति हो,’ उनले भनिन्।

स्रोतको हिसाबले नेपाल भरिपूर्ण रहे पनि आयातमा निर्भर हुनुपरेको उल्लेख गर्दै उनले भनिन्, ‘खर्बौंको लेबलमा खाद्य वस्तुहरु हामीले आयात गर्नुपर्ने अवस्था छ।’