
सुर्खेतमा दुई नक्कली परीक्षार्थीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। लोक सेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थी र अरूलाई परीक्षा दिन लगाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भदौ ४ गते बुधबार वीरेन्द्रनगर नगरपालिका–७ स्थित आयोगको सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको सञ्चार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली सट्टामा परीक्षा दिन आएका चार नक्कली परीक्षार्थी पक्राउ परेका प्रहरी कार्यालय सुर्खेतका डिएसी तथा प्रवक्ता मोहनजंग बुढ्थापाले बताए।
उनका अनुसार पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका– १२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७, सामाकोटका २५ वर्षीय श्यामशंकर सिंह, दैलेख भगवतीमाई गाउँपालिका– ५ का सुशील शाहीको सट्टामा आएका सोही ठाउँ वडा नं ७ का २० वर्षीय भरत तिरुवा रहेका छन्।
चारैजनालाई लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।