मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ५ बिहीबार o९:२१:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

संक्रामक रोगविज्ञ डा. शेरबहादुर पुनलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार o९:२१:oo

लामखुट्टेबाट सर्ने रोगहरूको प्रकोप किन बढिरहेको छ ?
लामुखट्टेबाट सर्ने रोगहरूमध्ये जापानिज इन्सेफ्लाइटिस ‘रिस्क’ बढी हुने रोग हो । सन् २००१/२ तिर टेकु अस्पतालमा मात्र यसबाट संक्रमितमध्ये सातामा दर्जनौँ संक्रमितको मृत्यु हुन्थ्यो । सन् २००५/६ तिर यस रोगविरुद्धको खोप आएपछि रिस्क भएका क्षेत्रमा त्यसको वितरणसँगै यो रोग मत्थर हुँदै गयो । त्यसबाट हुने मृत्यु पनि फाट्टफुट्ट मात्र देखिन्थ्यो । तर, पछिल्ला एक/दुई वर्षयता यो रोग फेरि फर्केको छ । संक्रमित हुनेको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । सन् २०२४ मा मात्र १७–१८ जनाको मृत्यु भएको तथ्यांक छ । अहिले यो रोगको संक्रमण फर्किएपछि यसबारे अध्ययन जरुरी छ । सायद, सर्वसाधारण र जिम्मेवार निकाय दुवैबाट खोपमा ध्यान पुर्‍याउन नसकिएको हो कि ? रोगसम्बन्धी चेतनामा कमी भएको हो कि ? यसको पुनरागमनलाई बेवास्ता गरियो भने यसले कुनै दिन भयावह रूप लिन सक्छ । 

यस्ता रोगबाट प्रभावित हिमाली क्षेत्रमा पनि भेटिनुले के संकेत गर्छ ?
तराईबाट भुसुना, लामखुट्टे पहाडतिर उक्लिएको संकेत हो यो । यसबाट रोगको ‘मिस डाइग्नोस’ हुन सक्छ । समयमै रोगको सही पहिचान नभएपछि पैसा र समयको बर्बादी हुन सक्छ । त्यसैले, यसको नियन्त्रणका लागि ‘एक्सन प्लान’ जरुरी छ ।

हामी सचेत नभएका हौँ कि लामखुट्टे बढी सक्रिय भएको हो ?
सबैको उदासीनताको परिणाम हो यो । प्रचार प्रसारको कमी पनि हुन सक्छ । साथै, चासो पनि कम भएको पनि हुन सक्छ । घातकताबारे अनभिज्ञ भएको पनि हुन सक्छ । सबै मिलेर लामखुट्टे नियन्त्रणमा जुट्न ढिलो भइसकेको छ । हामी ठुलै ‘आउट ब्रेक’को प्रतीक्षामा त छैनौँ ?