मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ५ बिहीबार o७:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वारन्या ललितपुरमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार o७:२४:oo
  • ललितपुर क्विन्सले थाइल्यान्डकी वारन्या स्रिलाओङलाई निरन्तरता दिने भएको छ

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले थाइल्यान्डकी वारन्या स्रिलाओङलाई निरन्तरता दिने भएको छ । ललितपुरले वारन्यालाई फेरि अनुबन्ध गरेको जनाएको छ । गत संस्करणमा ललितपुर उपविजेता हुँदा वारन्या टोलीकी महत्वपूर्ण सदस्य थिइन् । दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्न उनी अर्को साता नेपाल आउनेछिन् । यसअघि ललितपुरले थाइल्यान्डकै सेटर पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरेको थियो ।

टोलीको मार्की खेलाडी तथा कप्तानमा सलिना श्रेष्ठ रहेकी छिन् । ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई भित्र्याएको छ । ललितपुरले गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक जितेकी आयशा शाक्यलाई नियुक्त गरेको छ ।

यसैगरी, मधेश युनाइटेडले लिगका लागि नेदरल्यान्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ । मधेशले रोमीलाई पहिलो विदेशी खेलाडीका रूपमा घोषणा गरेको हो । नेदरल्यान्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षमा नयाँ पुस्ताका खेलाडी उदाउँदै आएका छन् । तीमध्ये रोमी पनि एक हुन् । उनले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटो अवधिमै सफलता प्राप्त गरेकी छिन् ।

रोमी सन् २०२१ र ०२२ मा नेदरल्यान्ड्सकै शीर्ष डिभिजनअन्तर्गत क्लब सुडोसा–डेस्टोमा आबद्ध थिइन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा विश्वास गर्न सक्ने खेलाडीमा पर्छिन् । सन् २०२४ मा उनले सुडोसा–डेस्टोका लागि नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।