मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरकानुनी लाभको मुद्दामा सुनील पौडेलसँग ५० हजार धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १९:५o:oo

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सोमबार विशेष अदालतमा उपस्थित भएका छन्।

पौडेलको निवेदनमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले आदेश गरेको हो।

गैरकानुनी लाभको मुद्दामा उनी उपस्थित भएकोमा ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको विशेषले जनाएको छ। गत ५ जेठमा अख्तियारले यो मुद्दा दायर गरेको थियो। यस मुद्दामा पौडेलका साथै निमबहादुर वली, रमेशप्रसाद पोखरेल, रामशरण गायक, म्याक्स इन्टरनेसनल प्रालि र अकबर हुसेन पनि प्रतिवादी छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/७६ मा भएको खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर भएको छ। यस क्रममा सरकारलाई ५ करोड ८० लाख रुपैयाँ नोक्सानी भएको अभियोगपत्रमा छ।