मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार

एक करोडको भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीसँग एक लाख धरौटी माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १७:२८:oo

अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। सोडारी सोमबार अदालतमा उपस्थित भएकोमा बयानपछि उनको थुनछेक भएको हो । उनी एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ । 

सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए । त्यसअघि उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए । सुदूरपश्चिमको प्रदेश सभा सदस्यसमेत रहेका उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् ।भ्रष्टाचार मुद्दापछि उनको प्रदेश सभा सदस्य पद निलम्बनमा छ।