
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।
उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।
कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो । लामिछाने गत चैत २५ देखि भैरहवा कारागारमा थिए ।