
अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेश ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
मरारा क्रिकेट ग्राउण्ड २ मा बंगलादेशका कप्तान नुरुल हसनले टस जितेर ब्याटिङको निर्णय लिए । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ सँग पराजित भएका थिए ।