
प्रभु बैंक र बबरमहलस्थित अन्नपूर्ण न्युरो हस्पिटलबिच बैंकका ग्राहक तथा कर्मचारीलाई हस्पिटलको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।
यससँगै बैंकका कर्मचारी, तिनका परिवारजन तथा ग्राहकले उक्त हस्पिटलमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका नेपालभर तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।