
सभामुख देवराज घिमिरेले कुलिङ पिरियडबारेको छेडखानी छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन्।
संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा कुलिङ पिरियडको विषयमा छेडखानी भएपछि छानबिनका लागि विशेष समिति गठन भएको थियो। उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन निर्देश गरेका हुन्।