मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
२o८२ श्रावण ३० शुक्रबार १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री बानियाँले गरे कांग्रेसका पाँचजनालाई मन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १५:५६:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बानियाँले कांग्रेसका थप पाँचजनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

शुक्रबार कांग्रेसका तर्फबाट प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजनामन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारणमन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटनमन्त्री र उर्मिला केसी युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूको केहीबेरमा शपथ कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कांग्रेस र एमालेको गठबन्धन रहेको बागमती प्रदेशमा एमालेको भागमा परेको ६ जना मन्त्रीले यसअघि २० साउनमै शपथ लिइसकेका छन्।