
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबिच समझदारी भएको छ । यी दुई पक्षबिच सांग्रिलाका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्टका सिइओ सुयोग श्रेष्ठले हस्ताक्षर गरे । सांग्रिलाका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ ।
ग्लोबल आइएमईले तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएम, एक ५५ शाखारहित बैंकिङ सेवा र ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।