मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
२o८२ श्रावण ३० शुक्रबार o८:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोहोर रोशी बाढीले बगाएका पाँचमध्ये चार झोलुंगे पुल बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o८:o७:oo

गत वर्ष मध्यअसोजमा रोशी खोलाको बाढीले बगाएका पाँचमध्ये चार झोलुंगे पुल पुनर्निर्माण हुने भएका छन् । रोशी गाउँपालिका–९ नार्के र तेमाल–५ गिम्दी जोड्ने, रोशी–७ कटुञ्जे र रघुचौर जोड्ने, रोशी–३ सिहाले र नमोबुद्ध–६ खाक्सी जोड्ने र रोशी–१ र ३ को सिमाना र नमोबुद्ध–८, पिपटार जोड्ने झोलुंगे पुल निर्माण हुने भएका हुन् ।

बाढीले बगाएको झोलुंगे पुल पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएर बन्ने प्रक्रिया सुरु भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । ‘बाढीले झोलुंगे पुल बगाएपछि विद्यार्थी तथा स्थानीयलाई रोशी खोला वारपार गर्न असहज भएको छ ।

त्यसपछि हामीले पुल पुनर्निर्माणका लागि निरन्तर पहल गर्यौँ । यसपाली संघीय सरकारद्वारा चारवटा झोलुंगे पुल निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ,’ अध्यक्ष लामाले भने, ‘झोलुंगे पुल महाशाखाका प्राविधिकसहितको टोली प्राविधिक अध्ययनमा जुटेको छ । त्यसपछि बोलपत्र आह्वान गरेर पुल बन्छ ।’ 

बाढीले रोशी गाउँपालिकामा निर्माणाधीन डम्फु जीवन्त संग्रहालय, औद्योगिक ग्रामको प्रशासनिक भवन, १० शय्या अस्पताल भवन, एक पक्की पुल र पाँचवटा झोलुंगे पुल बगाएको थियो ।