मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
साहित्य

एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १८:oo:oo

कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कवितासंग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ। वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले आज काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एलिसाका कविताले हरकोहीलाई सम्मोहित बनाउने बताए। ‘जीवन र जगतका सत्यहरूलाई एलिसाले सहज रूपमा कवितामा उतारेकी छिन्,’ अधिकारीले भने। कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरू मात्र नभई अवसाद र असन्तुष्टिबिच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने टिप्पणी गरे।

यसैगरी, अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल, तर निकै गम्भीर रहेको बताए। ‘प्रत्येक कवितामा आजका मानिसका आशा र बाध्यता पढ्न सकिन्छ,’ डा. नेपालले भने।

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र सलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरालगायतले ‘सौन्दर्यको भग्नावशेष’भित्रका कविताहरू वाचन गरेका थिए। 

एइएम ग्रुपले प्रकाशनमा ल्याएको पुस्तकभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ। वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाएका कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेखेका छन्।