मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
फोटो क्याप्सन : कञ्चनपुरको बेलौरी नगरपालिका  ३ र ५मा ऐलानी जमिन नापजाँच 
मोहन विष्ट कञ्चनपुर
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलौरीमा ऐलानी जमिन नापजाँच सुरु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

कञ्चनपुरको बेलौरी नगरपालिकामा ऐलानी जमिन नापजाँच गरिएको छ । बेलौरी नगरपालिकाका दुईवटा वडामा एकसाथ ऐलानी जमिन नापजाँच सुरु गरिएको हो । बेलौरी नगरका मेयर पोतीलाल चौधरीले मंगलबारदेखि ३ र ५ नम्बर वडाको ऐलानी जमिन नापजाँच सुरु गरिएको बताए । 

मेयर चौधरीले वर्षौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाइने बताए । ‘जनतालाई जमिनको मालिक बनाउने काम सुरु भएको छ,’ उनले भने, ‘अहिले दुईवटा वडाबाट सुरुवात गरिएको नापजाँच बाँकी वडाहरूमा समेत क्रमिक रूपमा गर्छौँ ।’ 

भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिलबहादुर देउवाले आयोगमार्फत बेलौरीका दुई वडाहरूमा सुरुवात गरिएको नापजाँच अन्य पालिकाहरूमा समेत भइरहेको बताए । सदस्य देउवाले छुटफुटलाई समेत समावेश  गरिने बताए । 
बेलौरी नगरका उपमेयर जोगराज चौधरीले  नापजाँच सुरुवात गरिएसँगै जनतामा जमिनको मालिक बनाउने आशा पलाएको बताए । 

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले जिल्लाभरि नापजाँच सुरुवात गरिएको बताए । अध्यक्ष पन्तले यसअघि केही वडा, पालिकाहरूमा लालपुर्जा वितरण  गरिएको बताए । बेलौरीमा पाँच हजार ५३१ किसानले फारम भरेका थिए ।