मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्नेमा हिलोले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार ११:oo:oo

नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिरनजिकै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै बाटो अवरुद्ध भएको हो। 

हिजोदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्डाखुल्डी पनि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले उकालोमा सवारीसाधनहरू बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लाग्न थालेको छ। 

दाउन्नेमा बाटो बिग्रिएपछि सवारीसाधनलाई अहिले दुम्कीबास र बर्दघाट रोकेर राखिएको छ। आज बिहान साढे ७ बजेबाट सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निकै कम रहेको प्रहरीले जनाएको छ। 

दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये दाउन्नेकेन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालोपत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ।