
विश्वव्यापी रूपमा हेर्दा चीन र संयुक्त राज्य अमेरिकाले स्विडेनमा आर्थिक र व्यापार वार्ताको नयाँ चरण आयोजना गर्ने तयारी गरेका छन् । बढ्दो विश्वव्यापी अनिश्चितता र अस्थिरताको समयमा सहमतिका लागि वार्तालाई बढावा दिने र पारस्परिक रूपमा लाभदायक परिणाम खोज्ने दुई देशको प्रयास उनीहरूको साझा हितसँग मात्र मिल्दैन बरु त्यसले अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि पूरा गर्छ ।
पछिल्ला महिनामा चीन र संयुक्त राज्य अमेरिकाले तनावको अवधिपछि आफ्नो व्यापार सम्बन्धलाई पुनः ट्र्याकमा फर्काउने काम गरेका छन् । यो उत्साहजनक प्रगतिले एउटा आधारभूत सत्यलाई उजागर गर्दछः द्विपक्षीय सम्बन्धको स्वस्थ, स्थिर र दिगो विकास सुनिश्चित गर्न समझदारी बढाउन, गलत धारणा कम गर्न र सहयोग विस्तार गर्न सञ्चार प्रणालीलाई गहिरो बनाउनु महत्वपूर्ण छ । जेनेभामा आर्थिक र व्यापार वार्तापछि दुई देशले द्विपक्षीय शुल्क वृद्धिलाई उल्लेखनीय रूपमा घटाएका छन् । लन्डनमा आर्थिक र व्यापार वार्तापछि स्थापित ढाँचाको विवरण पुष्टि गर्दै र यसको कार्यान्वयनलाई अगाडि बढाउँदै दुवै पक्षले निकटमा रहेर सञ्चार आदानप्रदान गरेका छन् ।
चीनले कानुनबमोजिम नियन्त्रितयोग्य वस्तुहरूको निर्यातका लागि आवेदनको समीक्षा र अनुमोदन गरेको छ । त्यस्तै, संयुक्त राज्य अमेरिकाले जुलाईको सुरुमा चीनमा लगाइएका प्रतिबन्धात्मक उपायको शृंखला हटाएको छ । यी ठोस कदमले बढ्दो विश्वासको सकारात्मक संकेत प्रदान गरेका छन्, जसले द्विपक्षीय व्यापारको पुनः प्राप्तिलाई प्रोत्साहन गर्न मद्दत गरेको छ । जेनेभा र लन्डनमा हालै भएको आर्थिक र व्यापार वार्तामा सकारात्मक प्रगतिपछि दुई देशबिचको व्यापार बढेको चीनको भन्सार प्रशासनको तथ्यांकले देखाएको छ । मे महिनामा ३०० अर्ब युआन (लगभग ४२ अर्ब डलर)भन्दा कम रहेकोमा जुन महिनामा ३५० अर्ब युआन (लगभग ४९ अर्ब अमेरिकी डलर)भन्दा बढीमा पुनः प्राप्त भएको छ ।
जेनेभा र लन्डनमा हालै भएको आर्थिक र व्यापार वार्तामा सकारात्मक प्रगतिपछि दुई देशबिचको व्यापार बढेकोे छ । चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र एक–अर्काको सहयोगमा निहित छ ।
चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र एक–अर्काको सहयोगमा निहित छ । चीनले इमानदारीपूर्वक आर्थिक तथा व्यापारिक वार्ताको नयाँ चरणमा प्रवेश गरे पनि यसले आफ्ना सिद्धान्त र मुख्य हितलाई दृढतापूर्वक कायम राख्नेछ । जेनेभादेखि लन्डनसम्मको बाटो सहज देखिएको छैन । दुई पक्षबिच लामो समयदेखि चलिरहेको मतभेद र तनाव कायमै छ र तिनीहरूलाई समाधान गर्न समय लाग्नेछ । चीनले गहिरो वार्तालाई स्वागत गर्दछ, तर दुई देशबिचको असमझधारीको खाडललाई कम गर्ने दीर्घकालीन, जटिल र चुनौतीपूर्ण प्रकृतिको बारेमा पनि पूर्ण रूपमा सचेत छ ।
यद्यपि, असहमतिको अवस्थाले प्रमुख मुद्दामा साझा चासोका क्षेत्र पहिचान गर्ने सम्भावनालाई रोक्दैन । न त यसले दुई पक्षलाई प्रमुख देशहरूबाट अपेक्षित जिम्मेवारी प्रदर्शन गर्नबाट रोक्छ । आर्थिक र व्यापार वार्ताको आगामी चरणले विश्वव्यापी अर्थतन्त्रमा धेरै आवश्यक स्थिरता र विश्वास प्रदान गर्ने एक महŒवपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ । अगाडि देखिएका चुनौतीका बाबजुद मतभेद व्यवस्थापन गर्नु र संवादमार्फत सहयोग खोज्नु नै अगाडि बढ्ने एक मात्र व्यावहारिक बाटो हो ।
चीनले स्वच्छ ऊर्जामा ठुलो प्रगति गरेको छ । यसले सौर्य र वायु ऊर्जा उत्पादन र प्रयोगमा सम्पूर्ण विश्वको नेतृत्व गर्छ । विद्युतीय सवारीसाधन (इभी) र ब्याट्रीहरूका लागि विश्वव्यापी आपूर्ति शृंखलामा चीनले प्रभुत्व जमाएको छ र हरित पूर्वाधारमा ठुलो मात्रामा लगानी गरेको छ । स्मरणीय रहोस्, यस्ता उपलब्धि प्राप्त गर्न वर्षौं लागेको छ र हाम्रा अगाडि गम्भीर चुनौती पनि छन्। चीन अझै पनि आर्थिक वृद्धि र जनताको जीविकोपार्जनको निम्ति विद्युत् उत्पादनका लागि कोइलामा धेरै निर्भर छ र देशको स्वच्छ ऊर्जामा संक्रमण पूरा गर्न अझै लामो समय लाग्छ । र, यो सजिलो काम पनि होइन ।
ऊर्जामा चीनको सफलतालाई विश्वले स्वागत र प्रोत्साहन गर्नुपर्छ । र, अमेरिकाले जलवायु नेतृत्वमा चीनलाई ‘पराजित’ नगर्ने, बरु आफ्ना लागि, अन्य देशहरू र भावी पुस्ताका लागि बस्नयोग्य ग्रह निर्माण गर्ने प्रतिबद्धता जनाउनुपर्छ । विश्वका धेरै भागमा राष्ट्रवाद बढिरहेको र विश्वव्यापी सहयोग कमजोर बन्दै गएको वेला जलवायु क्षेत्र एकजुट रहनुपर्छ । ऊर्जाको भविष्यलाई प्रमुख शक्तिबिचको रस्साकस्सीको रूपमा प्रस्तुत गर्न सकिँदैन ।
त्यस्तै, अमेरिकाले विज्ञान र प्रविधिमा लगानी वृद्धि गर्नुपर्छ, आफ्नो पूर्वाधार र शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ, किनभने चीनले निरन्तर यही कार्य गरिरहेको छ । यो रणनीतिले छोटो अवधिको राजनीतिक गति उत्पन्न गर्न सक्छ, तर यसले अमेरिका र चीन हरेक मोर्चामा विरोधी छन् भन्ने गलत व्याख्यालाई पनि बलियो बनाउँछ ।
त्यसैगरी, जलवायु नीतिको सवालमा ‘हामीविरुद्ध उनीहरू’ भन्ने मानसिकतामा तत्काल त्याग्नुपर्छ । साझा विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न दुबै देशले सँगै काम गर्नुपर्छ । कुनै पनि देशले अर्को देशको गल्तीलाई रणनीतिक लाभको रूपमा हेर्ने भुल गर्नुहुँदैन । समानता कायम राखेर र एक–अर्काको चासोको सम्मान गरेर मात्र चीन र संयुक्त राज्य अमेरिकाले साँच्चिकै दुवै पक्षको जित हुने परिणामप्राप्त गर्न सक्छन् ।
चाइना डेलीबाट