मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १८ आइतबार o८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o८:o४:oo

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी २० देखि २३ साउनसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।