मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार o७:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाबाट लिगको तयारी गर्दै आर्सनल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o७:५१:oo

इंग्लिस प्रिमियरसिप लिगको नयाँ सिजन २०२५/२६ सिजन हुनुअघि सबै क्लबले तयारी गर्छन् । उनीहरूले यसलाई प्रिसिजन तयारी भन्छन् । धेरैजसो इंग्लिस क्लबहरूले एसियाको भ्रमण गरी तयारी गर्छन् । यहाँ स्थानीयदेखि राष्ट्रियस्तरका टोलीसँग प्रतिस्पर्धा गरी इंग्लिस क्लबले आफ्नो कमीकमजोरी सुधार गर्छन् । यसैक्रममा आर्सनलले पनि प्रिसिजनको तयारी एसियामा गरेको छ । सन् २०२० पछि पहिलोपटक उपाधि जित्ने लक्ष्य राखेको आर्सनलले नयाँ सिजनका लागि खेलाडी भित्र्याउन राम्रो खर्च गरेको छ ।

हालै क्लबमा अनुबन्ध भएका नयाँ खेलाडीले एसिया भ्रमणमा गतिलो प्रदर्शन गरेका छन् । आर्सनलले हङकङ र सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो । यी दुवै राष्ट्रका माथिल्लो टोलीसँगको प्रतिस्पर्धाबाट आर्सनलका प्रशिक्षक मर्केल अटेटा खुसी छन् । अब केही दिनपछि लन्डन फर्केर थप तयारीमा थाल्ने उनले बताए ।

‘समग्रमा सिंगापुर र हङकङको यात्रा फलदायी भएको छ । हामीले केही गल्ती सच्याउने मौका पायौँ,’ अर्टेटाले भने, ‘अब स्पेनमा जान्छौँ त्यसपछि फेरि एसियामा आएर खेल्ने योजना बनाएका छौँ ।’ गत वर्ष आर्सनललाई ठुलो समस्या भनेको प्रमुख खेलाडी घाइते हुनु थियो । यसपटक नयाँ सिजन सुरु हुनु धेरै ब्रेक समय पाएका कारण खेलाडीलाई फिट हुने अवसर प्राप्त भएको उनको भनाइ छ ।

‘गत सिजनको सुरुवातमा आर्सनलको टोली हेरौँ भने धेरै जसो खेलाडी घाइते भएका थिए । जसले हामीलाई केही समस्या राखेको थियो,’ प्रशिक्षक अर्टेटाले भने, ‘यसपालि ब्रेक समय पनि धेरै भयो । खेलाडी चोटबाट मुक्त पनि भए ।’ प्रिमियर लिगको सिजन ब्रेकमा खेलाडीहरूले आफूलाई उपाधि जित्न मानसिक रूपमा तयार गर्न अवसर पाएको उनको भनाइ छ ।

‘पछिल्लो सिजनमा थोरै अंकले हामी उपाधिविमुख भएका थियौँ । खेलाडीहरूले त्यही मनमा लिएका थिए । अहिले ब्रेकको समयमा उनीहरूले आफूलाई फ्रेस बनाएका छन् । पुराना कुरा बिर्सिएर नयाँ अध्याय सुरु गर्न चाहन्छन्,’ प्रशिक्षक अर्टेटाले भने, ‘अहिले आर्सनल पूरै फुलफेजमा प्रतिस्पर्धा गर्न तयार छ ।’ 

६ खेलाडी नयाँ
एसिया भ्रमणमा निस्कनुअगाडि आर्सनल खेलाडी भित्र्याउन व्यस्त थियो । प्रशिक्षक अर्टेटाले यूवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर ६ नयाँ खेलाडी आर्सनल भित्र्याएका छन् । प्रिसिजनमा उपलब्ध नभएका नयाँ खेलाडीमध्ये नोनी माडुके थिए । आर्सनलमा आउनुअघि उनी चेल्सीमा थिए । चेल्सी क्लब फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी भइरहेको थियो । विश्वकपपछि मात्र उनी आर्सनलमा आबद्ध भएका हुन् । आर्सनलका स्पोर्टिङ निर्देशक एन्ड्रेस वेर्टाले नयाँ सिजनअगाडि राम्रा खेलाडीसँगको अनुबन्धले एसिया भ्रमण राम्रो भएको बताएका छन् । ‘हामीले सबै मापदण्ड पूरा गरी खेलाडी ल्याएका छौँ । यसको प्रभाव एसिया भ्रमणमा देखियो,’ उनले भने, ‘यसपालि आर्सनलको खेल माथिल्लो लेभलको हुनेछ ।’ आर्सनलले इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी माडुके भित्र्याउन ४८.५ मिलियन पाउन्ड खर्च गरेको थियो ।