
एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकले कम खर्चमा पूरै एक वर्ष सेवा उपयोग गर्न सकिनेलगायतका सुविधा छन् ।
ग्राहकले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिने सेवा लिँदा थप दुई महिनाको सेवा नि:शुल्क पाउनेछन् । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडेलमा आधारित रहेको कम्पनीले जनाएको छ ।
३९९ प्लानमा ग्राहकले हरेक महिना १० जिबी डेटा, चार सय मिनेट जुनसुकै नेटवर्कमा कल र चार सय एसएमएस प्रतिमहिना पाउनेछन् । त्यस्तै, अर्को ६४९ रुपैयाँको प्लानमा हरेक महिना ३० जिबी डेटा, अनलिमिटेड टकटाइम र ६५० एसएमएस पाइने बताइएको छ ।
त्यसैगरी, मनसुन अफरमा बन्डल–कम्बो अफरको पनि फाइदा लिन सकिनेछ । बिज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्नेछन् ।