मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o९:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बलिङको समस्या झेल्दै वेस्ट इन्डिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o९:३६:oo
  • ब्याटिङमा दमदार प्रदर्शन गरेको वेस्ट इन्डिज बलिङ र फिल्डिङमा चुक्दा अस्ट्रेलियासँग ५–० ले पराजित 

अस्ट्रेलियाले वेस्ट इन्डिजको भूमिमा पाँच टी–२० आई क्रिकेट सिरिज खेल्यो । अस्ट्रेलिया अनपेक्षित रूपमा वेस्ट इन्डिजलाई उसैको घरेलु मैदानमा ५–० ले हरायो । अझ पाँच खेलमा अस्ट्रेलियाले टस जित्दै रेकर्ड बनायो । अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले सिरिज गुमाउँदा ब्याटिङ सानदार रह्यो । घरेलु टोलीको कमजोर केवल बलिङ र फिल्डिङमा प्रस्ट देखिएको छ । यी दुई पक्षमा कमजोर हुनुको पछाडि सियिनर खेलाडीको सन्न्यास प्रमुख मानिएको छ ।

यो ६ महिनामा वेस्ट इन्डिजका प्रमुख अलराउन्डर खेलाडीले सन्न्यास घोषणा गरेका थिए । अस्ट्रेलियाविरुद्धको सिरिजमै अलराउन्डर एन्ड्रयु रसेलले अप्रत्याशित रूपमा सन्न्यास लिए । अर्को वर्ष भारत र श्रीलंकाले आयोजना गर्ने आइसिसी टी–२० पुरुष विश्वकपमा दुईपटकको विजेता वेस्ट इन्डिजले दमदार प्रदर्शन गर्न बलिङ र फिल्डिङमा धेरै सुधार गर्नुपर्ने कप्तान साई होपले बताएका छन् । पाँचौँ खेलमा अस्ट्रेलिया एक समय ६०–४ को अवस्थामा थियो ।

तर, मध्यक्रममा ब्याट्सम्यानले उत्कृष्ट साझेदारी गरेपछि एक सय ७१ रन पछ्याएको अस्ट्रेलियाले खेल सकिन १८ बलअघि जित निकाल्दै ५–० को क्लिनस्विप गर्‍यो । वेस्ट इन्डिजले सिरिजमा दुईपटक दुई सयमाथि योगफलको लक्ष्य अस्ट्रेलियालाई दिएको थियो । दुवैपटक अस्ट्रेलियाले सहजै दुई सय रनको लक्ष्य सहजै कटाएको थियो ।

घरेलु टोलीका कप्तान साईले बलिङ आक्रमण कमजोर रहँदै विशाल योगफलसमेत रक्षा गर्न नसकेको बताएका छन् । ‘आज र अन्य खेलमा हेर्‍यौँ भने हाम्रो ब्याटिङमा केही समस्या देखिँदैन, तर बलिङमा कमजोर भएको महसुस गरेको छु,’ खेलको समीक्षा गर्दै साईले भने, ‘अहिले टोलीमा युवा खेलाडी छन् । उनीहरूको म्याच एक्सपोजर पुगेको छैन ।’ विश्वकप आउन अझै समय रहेको र कमजोरी पक्ष सुधार्न सकिने उनले विश्वास गरेका छन् । 

वेस्ट इन्डिजमा लक्ष्य पछ्याउन सहज
वेस्ट इन्डिजका सबैजसो पिच बलिङ मानिन्छन् । यहाँ स्पिनरभन्दा फास्टबलरको दबदबा रहन्छ । तर, राम्रो ब्याटिङ लाइनअप भएको अवस्थामा सहजै लक्ष्य पछ्याउन सकिने वेस्ट इन्डिजका कप्तान साईको भनाइ छ । ‘अक्सर हामीले देखेका छौँ, वेस्ट इन्डिजको भूमिमा सहजै लक्ष्य पछ्याउने गरेको छ । योपटक पनि अस्ट्रेलियाले यस्तै गर्‍यो ।’ पूरै पाँच खेलमा वेस्ट इन्डिजले एकपटक पनि लक्ष्य पछ्याउने अवसर पाएन ।

यसको मुख्य कारण नै टस हार्नु हो । ‘अस्ट्रेलियाले पाँचै खेलमा टस जित्यो र, हामीले सुरुमा ब्याटिङ गर्‍यौँ,’ उनले भने, ‘पहिलोभन्दा दोस्रो इनिङ्स ब्याटिङ गर्न सहज हुन्छ । यसकारण अस्ट्रेलियाले २०५ रन तथा २१४ रन पनि निर्धारित ओभरभन्दा अगाडि पूरा गर्‍यो ।’ अस्ट्रेलियासँगको सिरिजमा बायाँहाते युवा सिमर जेदिआह र अजारी जोसेपले बलिङ आक्रमण सम्हाले । उनीहरूले अन्तिमतिर विकेट लिए । यी दुवै बलरलाई धेरै खेलको अवसर दिँदा भविष्यमा राम्रो गर्न सक्ने कप्तान साईले बताए । 

‘सिरिजमा हामीले युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छौँ । उनीहरूलाई अब धेरै टी–२० आई खेलमा सहभागी गराउनुपर्छ,’ उनले भने ।