मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा करेन्ट लागेर विद्युतका कर्मचारीको  मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o९:१९:oo

उदयपुरमा करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– ८, बागचौरीमा विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार विद्युत् प्राधिकरण गाईघाट उदयपुरमा कार्यरत कर्मचारी त्रियुगा नगरपालिका– १० का वर्ष ४५ को रामकृष्ण राजधामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए । 

उनले भने, ‘मृत राजधामी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि जिल्ला अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु हो । उनका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।